पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ मौवाखोला नजिकै बिहीबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेपछि डोजरको सहायताले पहिरो पन्छाइँदै । तस्बिर ः हीरालाल गुरुङ÷रासस
तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढु्गा हटाइएपछि विमलनगर–आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।








