गोरखा ।गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ।
उनले बसरमा कति यात्रु थिए भन्ने यकिन भइनसकेको पनि जानकारी दिए । आफूहरूले खोजी गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको उनको भनाइ छ । खोजी कार्यमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।