
काठमाडौं । वानीरा फाउन्डेसनले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकअघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।
यस्तै, बितेको चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्लो समय कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्रमानव (रोबोट)को आविष्कार समेत गरी अन्तर्राष्ट्रियजगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटरविज्ञ मुनि शाक्यलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक श्री मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।
यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।
साथै आख्यान, कविता र हास्यव्यङ्य लेखनमा सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका श्री धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।
त्यसै गरी किशोरावस्थादेखि नै समाजसेवामा उत्सर्गिक भई खास गरेर काठमाडौँ महानगरपालिकाको वडा नम्बर एकतीसको विकासमा सदैव समर्पित श्री सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्नेनिर्णय गरिएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरु डा.गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण हुनेछन् ।
यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।





