
काठमाडौँ । यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
आगामी भदौ १५ गते पुस्तकालय दिवस ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै पुस्तकालयका क्षेत्रमा भएका गतिविधि र पुस्तकालयको आवश्यकताबारे जानकारी गराउन २०६५ सालदेखि पुस्तकालय दिवस मनाउन लागिएको हो ।





