
काठमाडौं ।धानमन्त्री केपी शर्मा ओली चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।
बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्।
आउँदो चैत १९ र २० (अप्रिल २ र ३) मा थाइल्याण्डमा हुने बिम्स्टेक बैठकमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ।
यसअघि २ महिनाअघि नै बिम्स्टेक सम्मेलन गर्ने भने पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन रोकिएको थियो। सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ।






