
संस्मरण
चिया पिउने रहर
जुमन किरण
चिया मन नपर्ने मान्छे म….. तर आज भने चियाको कुुरा मनमै गुुञ्जिरहेका छन् । खोइ के भएको छ मलाई , सायद चिया हैन त्यससँग गाँसिएका सम्झनाहरु अधुुरा संवादहरु र प्रतिक्षाहरुले लेख्न बाध्य पारेका हुुन् कि त ?
शीर्षकले नै चियाको प्रसंग जोडेपछि अलिकति चियाको इतिहास पनि मिसाऔँ न । अनि मेरो चिया रुचि र अनुुभव पनि, यसरी नै बुुनिएको कथा बढी आत्मीय र रमाइलो लाग्न सक्छ ।
चिया—शब्द छोटो, तर स्वादले संसारै गाँस्ने । यसको इतिहास झण्डै पाँच हजार बर्ष पुुरानो छ र यसको पहिलो सुुगन्ध उडेको थलो हो—चीन । कथा अनुुसार ई.पूू. २७३७ मा चिनिया सम्राट शेन नुुङ, एकदिन बगैचाका तातोपानी उमालीरहेका थिए । संयोगवश, चियाबोटको पात हल्कासँग बतासमा उडेर त्यो पानीमा खस्यो, पानीको रङ्ग फेरियो, सुुगन्ध पैmलियो र स्वादमा खास मिठास आयो । त्यो पानी उनले पिए र यसरी चियाको आविष्कार भएको मानिन्छ । त्यो पल थियो जब मानवले स्वाद मात्र होइन, शान्तिको पेय पायो, पछि चीनमा त्यो चिया आयुुर्वेदिक गुुण भएको पेयको रुपमा प्रचलित भयो ।
टाङ वंश, ७—१० औँ शताब्दीमा चिया साहित्य, संस्कृति र कला बन्यो । कविहरुले चियाको गन्धमा कविता लेखे ।
जापानमा भिक्षुुहरुले ध्यान अघि एकचोटी चिया पिए त्यहाँ यसले ध्यान र शुुद्धताको परम्परा बनायो, चिया समारोह (तभब अभचझयलथ) बन्यो, जुुन आफैंमा एक गम्भीर साधना थियो । तर चिया यात्रा यतिमा रोकिएन, ब्रिटिस साम्राज्यको व्यापारिक भोकले चियालाई भारतमा ल्यायो । आसम र दार्जिलिङका पहाडहरु चियाबोटहरु फस्टाउँन थाले, अनि त्यसको स्वाद बेलायती कपमा भरिन थाल्यो ।
नेपालको कथा भने अलिक फरक छ, भनिन्छ वि.सं. १८६३ सालतिर जंगबहादुुर राणा चीनबाट फर्किदा साथमा केही चियाका बोटहरु लिएर आए । त्यो बोट इलामको माटोमा गाडियो र आजसम्म त्यो माटोले चियामा मात दिने काम गरिरहेछ ।
आज चिया संसारको कुुना—कुुनामा पुुगेको छ । कसैको लागि बिहानीको घाम, कसैका लागि साँझको सन्देश, कतै गफको बाहना, कतै प्रेमको मौन स्वीकृति चिया अब पेय मात्र होइन यो एक मौन कविता हो—बास्ना, स्वाद र सम्झनाले लेखिएको ।
बच्चा बेलाको चिया भनेको त मिठासको अर्को नाम थियो ।
अझ त्यो गुुलियो दुुधचिया—स्टिलको गिलासमा टन्नै भरिएको । त्यसमा चोपेर खजुुरी बिस्कुुट कि त दुुनोट खान नपाए सम्म त्यो स्वाद अधुुरो लाग्थ्यो ।
चिउरा मिसाएर खाएको चियाको स्वाद बेग्लै नै हुुन्थ्यो—त्यो स्वादले आज पनि जिब्रो छोडेको छैन । कहिले कालो चिया र भुुटेको मकै, कहिले दुुधचिया र खुुल्ला चाउचाउ, कहिले कालो चिया र दालमोठ त कहिले कालो चिया र भुुटेको भात, कहिले फेरि दुुधचिया र गहुुँको रोटीसँगको मेल—स्वादको त्यो संगमले त कहिलेकाहीँ स्वर्गकै अनुुभूूति दिलाउँथ्यो । झापा मामाघर पुग्दा चाखिएको भक्का र दूधचियाको स्वाद साँच्चै अनुपम थियो । आज ती दिनहरू सम्झँदा, बालापनका ती साना क्षणहरू मनभरि मिठास बनेर फेरि फेरि उम्लिन्छन् ।
चिया मात्र पेय थिएन, त्यो त बिहानीको सास थियो । चियासँगै घर ब्यूूँझिन्थ्यो, पाहुुनाले आतिथ्यको तातो स्पर्श पाउँथे । ममीले चिया उमाल्दा भान्साबाट निस्किएको बाफले पुुरै दिनलाई उज्यालो बनाइदिन्थ्यो—जसरी सूूर्यको किरणले घर आँगन झकिझकाउ पार्दछ ।
हामी नेपालीहरु जहाँ जान्छौँ “चिया लिनुुहुुन्छ कि ?” भन्ने सरल प्रस्तावबाटै आत्मीयताको ढोका खुुल्न थाल्छ ।
चिया केवल पेय होइन, यो त सम्बन्धहरु बुुनिने सेतो धागो हो, चियाले हामीलाई कुुरा गर्न सिकाउँछ, र कहिलेकाहीँ मौन रहँदा पनि एक अर्काको अस्तित्वलाई गहिरो रुपमा महसुुस गराउँछ ।
अचेल म चिया पिउँदिन वा भनौँ, चिया पिउने बानी नै छुुटिसकेको छ । बितेका दिनहरुजस्तै चिया पनि बिस्तारै टाढिँदै गएको छ जीवनबाट । घरमा पनि चिया अब खासै उम्लिँदैन, उम्लिए पनि त्यो पाहुुनाको निम्ति मात्र हो । कहिलेकाही लाग्छ म आपँैm पनि घरको पाहुुना हुुँ । चिया केवल पेय होइन, यो त स्मृतिको गह्रौँ कप हो जसमा समय, सम्बन्ध र संवेदना मिसिएका हुुन्छन् ।
र म आज फेरि त्यो चियाको गिलास उठाउँदैछुु —पिउन होइन लेख्न ।
वि.सं २०७२ सालको भुुकम्प पछिको कुुरा हो । एकदिन म मोबाइल चलाउँदै थिएँ, यत्तिकै स्क्रोल गर्दै गर्दा एउटा भिडियोमा आँखा अडियो । एउटा व्यत्तिकै आत्मविश्वास भरिएको आवाजमा भन्दै थिए—चिया पिउनुु र रक्सी पिउनुु उस्तै हो । शरीरभित्र पसिसकेपछि दुुबैको असर उस्तै हुुन्छ ।
पाचनशक्ति कमजोर बनाउँछ, ग्यास्ट्रिक बढाउँछ, रोग निम्त्याउँछ, जीवनशैली नै बिगार्छ । उनको स्वरमा मात्र होइन, भनाइमा पनि दृढता थियो कि त्यो भिडियो देखेर म झस्किएँ । एकछिन त लाग्यो, मैले सधैँ सामान्य ठानेको चिया त ……..
कत्तिको घातक हुुन सक्छ र !
जसलाई मैले सधैँ बिहानको मिठास, गफको बहाना अनि आत्मीयताको स्वाद ठानेको थिएँ तर त्यो दिन एक कप चिया अचानक शङ्काको प्याला बन्यो, एकाएक हानीकारक को सूूचीमा सूूचीकृत भयो ।
त्यही दिनदेखि मैले चिया परित्याग गरेँ ।
तर चियाले मलाई छोडे जस्तो लाग्दैन, चियाले मबाट हात झिकेको छैन । जताततै चिया भेटिन्छ ।
कुुनै कार्यक्रममा जाँदा लिनुुहोस् न एक कप चिया ।
कोही पुुरानो मित्रसँग भेट भयो भने हिड त चिया खाँदै गफ गरौँ ।
म परे कमलो मन भएको मान्छे — कसैको अनुरोेध अस्वीकार गर्न सक्दिन, विशेष गरी ठूूला मान्छेले स्नेहले ल्याएर चिया अघि राख्छन् भने त्यो चिया नपिउने आँट म गर्न सक्दिन । र म फेरि त्यस्तो मान्छे “प्रेमले दिएको त विषै पनि पिउछु चिया जाबो त के हो र !”
अब त लाग्छ चिया मात्र पेय पदार्थ होइन, बहानामा दिइने आत्मीयता हो । चियाको गिलासमा अटाउँछ अधुरा संवाद र सम्झनाका फाटफुुट झझल्कोहरु ।
त्यसैले, चिया नपिउने निर्णय गरे पनि म चिया पिउँछु, स्वादका लागि होइन सम्बन्धका लागि, कहिले आदरका लागि, कहिले अढेस लागेका आत्माका सम्झनाका लागि । चिया सधैँ टेबलमा हुन्छ तर चुस्की सधै मनले पिउँछ ।
त्यस्तै हामी प्रायः कलेजमा खाजा खादैनौँ । त्यसदिन भने साथीले भनिन् जाऊ न खाजा खाऔँ ।
हामी क्यान्टिनतिर लाग्यौँ । चना र कालो चिया मगायौँ अनि गफमा बग्यौँ । म चिया पारखी नभएकाले त्यो अभ्यस्त स्वाद लागेन । कलेज सकेर फर्कदै थिएँ । पूूर्वयोजना अनुुसार बाटोमा मैले दुुश्मन मित्रसँग भेट गरे । उसले दुुध चिया मगायो । र भन्यो जुुमन जी आज विश्व चिया दिवस ।
आज चिया दिवस रे ! भन्नासाथ एकजना अत्यन्त प्रिय चियाप्रेमीको सम्झना आयो । र चिया पिउनै छाडेर मोबाइल निकालेँ अनि उहाँलाई मेसेज पठाएँ चिया दिवसको शुुभकामना दिदीहजुुर बेलुुका फुर्सद भएपछि कल गर्छुु है । किनभने बिहानै उहाँले नै भन्नुुभएको थियो बेलुुका आउ न त सँगै चिया पिउनुु पर्छ । चिया पिउनुु त केवल बहाना थियो । मुुख्य कुुरा त भेटघाट गर्नुु थियो, शब्दभन्दा अगाडि चल्ने मौनतालाई बोल्न दिनुु थियो । सायद त्यो चियाको कपभित्र केही कुुरा छ जसले मलाई केही सिकाउनेछ, आफुलाई बुुझ्ने कला वा कसैको आँखामा लुुकेको कथा पढ्ने आँट । चिया स्वाद होइन त्यो त एक सानो बाटो थियो, जहाँ पुुगेर म आफु भित्रको गहिराई नाप्न चाहन्थेँ ।
तर यो व्यस्तता भन्ने कुुरा पनि गज्जर्बै रहेछ । बेलुुका छ बजेतिर उहाँलाई फोन गरे तर उहाँले भन्नुु भयो ढिला भइसक्यो अघि नै आउनुु पर्छ नि, अब अर्काे दिन पिऔला । उहाँसँग बसेर चिया पिउदै गफिन बडा मन थियो तर हाम्रो भेट हुुन सकेन ।
त्यसपछि एकजना कवि दाइ पसलमा आइपुुग्नुुभयो । हामीले गफ गर्दै दुुध चिया पियौँ । म चिया नपिउने मान्छे त्यसदिन तीन कप चिया पिउदा पनि धीत मरेको थिएन । के भयो यो मनलाई ? आज मनले कुुन स्वाद खोजिरहेको थियो ? प्रिय व्यक्तिसँग जाबो एक कप चिया पिउने अति सामान्य चाहना पनि किन यति गाह्रो भयो ?
बरु दुुश्मनसँग चिया पिएर आइएछ । त्यसपछि फेरि आपूूmलाई सम्झाएँ । त्यस साँझ चिया त पिएँ तर जसको लागि मनले कप समाएको थियो उहाँ नै उपस्थित हुुनुु भएन । चिया भन्दा पनि त्यो एक चाहना थियो, उहाँको साथको प्रतीक्षा थियो । जुुन चियामा घुुलिएर आएको थियो । म सोच्थेँ कसरी एक कप चियाले यति धेरै कुुरा बोकेर आउँछ ? त्यो चिया मात्र उम्लिएको पानी र पात होइन, त्यो त एक चाहनाको प्रतीक हो, जहाँ हामी सम्बन्धमा हराउँछौँ, भेटिन्छौँ, सम्झिन्छौँ । त्यसपछि म चिया पिउँदा स्वाद हेर्न छाडे । मैले हेर्न थाले त्यो चिया कसले पस्कियो ? कस्तो नजरले हेरेर कप थमायो ? कस्तो मौनताले साथ दियो चुुस्कीसँगै ?
यस्तो लाग्छ चिया त त्यो कुुरो, जुुन अधुुरो गफसँग टेकेर पूूर्ण हुुने बहाना हो । अनि कहिलेकाही आँखाको कुुनाबाट बगेको मौन संवाद ।







