मुक्तक
दिलिप तामाङ
१.
सत्य बोलेर मेरो मन तोडिदेउ, मन्जुर छ मलाई
तिम्रो खुसी अन्तै भए छोडिदेउ, मन्जुर छ मलाई
झुटो बोलेर आकास धर्ती, जोड्ने कसम नखाउ
चोखो माया अमर हुन्छ जोडिदेउ,मन्जुर छ मलाई !
२ .कहिले खुसी कहिले दु:खले चलाउनु पर्छ
जिन्दगी कहिले हास्दै त कहिले रुदै कटाउनु पर्छ
जिन्दगी आफ्नै खुसीले कहाँ बाच्न पाउँछन् र मान्छेहरुले
कतै काँडा त कसैलाई माला चडाउनु पर्छ जिन्दगी !
३. तिमीलाई मनमा सजाकोछु, पलपल देउता सरी
पाउनु नपाउनु भाग्य रे, अभागी भए छलमा परी
ढुंगालाई देउता मान्छ मान्छेलाई मान्छेले राक्षस
कुन खुसीमा भुलेउ, तिम्रो याद जादैन कसै गरी !
४ . तिमीलाई समस्यामा पार्दिन, बरु म जान्छु छोडेर
तिमी हिड्ने बाटो हिड्दि, बरु म जान्छु मोडेर
तिम्रो ती सुन्दरता पिउन देउ, सराब सरी सारेर
तिमीलाई हासो खुसी मिले, जानेछु बाचा तोडेर !
५. केही मिठो बोली देउ फेरी भेट हुन्छ हुन्न
मनको कुरा खोली देउ फेरी भेट हुन्छ हुन्न
चोखो माया झुटो भनी बिस्वास घात गरे
बाच्दीन म गोली देउ फेरी भेट हुन्छ हुन्न !
काठमाडौं- १६