
जुमन किरण
धेरै मलजल गरेको बोट नै कमसल निस्कियो
विद्वानहरूको त्यो छनोट नै कमसल निस्कियो
जसको लागि युद्ध लडियो उनीहरूले के पाए खै
लाग्छ रगतको विस्फोट नै कमसल निस्कियो
छ बर्षको प्रेम,छ महिना मै टुट्दैछ बिहे हेर्नुस्
तिमी विना नबाच्ने अठोट नै कमसल निस्कियो
क्यान्सरले जवान छोरा बिते पछि बाऊ सोच्दै छ
बर्षौदेखि मैले पिएको चुरोट नै कमसल निस्कियो
हेर त शिशिरमा झरेका पात वसन्तमा पलाउदै छ
समयले दिएको सबै चोट नै कमसल निस्कियो
सजाय भोगिसके पछि निर्दोष साबित भयो रे ऊ
न्यायालयको फैसला लेखोट नै कमसल निस्कियो








