
काठमाडौ । बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
चौधरीलाई २०७९ सालमा रुम टु रिडद्वारा प्रकाशित ‘नयाँ वनपाले’(प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि सर्वोत्कृष्टताका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो ।




