
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कसैको अधिकार कटौती गरेर संविधान संशोधन नहुने प्रतिवद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा बिहीवार नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको एकीकृत निर्वाचन ऐन मस्यौदा विधेयकबारे छलफलमा भाग लिँदै कानुनमन्त्री चौरसियाले महिला, दलित, मधेसी, जनजाति, मुस्लिमलगायतअधिकार कटौती गरेर संविधान संशोधन नहुने स्पष्ट पारे। उनले आदिवासी, जनजाति, दलिन, महिला र पिछडिएका वर्ग, समुदायलाई सशक्त बनाउने गरी समावेशी र समानुपातिकलाई अझ बलियो बनाउन संविधान संशोधन गर्न लागिएको पनि प्रष्ट पारे ।






