
काठमाडौ । प्रा.राजेन्द्र सुवेदीको ८२औं जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय नाचघरमा एक भव्य समारोहको आयोजना गरिएको थियो ।
उक्त अवसरमा उहाँको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिनुका साथै उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको थियो।
प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रा. सुवेदीको नाममा स्थापित जनही २१ हजार राशीका कला तर्फको पुरस्कार नाट्य निर्देशक श्रद्धेय भैरवबहादुर थापालाई तथा साहित्य तर्फको पुरस्कार प्रा. डा. दयाराम श्रेष्ठलाई अर्पण गरियो।


स्कुले छात्राहरूद्वारा दुई नृत्यको प्रस्तुति ,स्वर्गीय राजेन्द्र सुवेदीकी नातिनीद्वारा काव्य पाठ तथा प्रमुख अतिथि खनाल, प्रा.डा .दयाराम श्रेष्ठ, सभाध्यक्ष प्रा.डा. रमेश शुभेच्छु, कमल सुवेदी आदि वक्ता रहेको उक्त समारोहमा साहित्यकार, कलाकार, प्राध्यापक र प्राज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

