
अमेरिका, श्री रामगीतावाङ्मय मन्दिर नेपाल–अमेरिकाद्वारा पुरस्कारका लागि कृति आह्वान गरिएको छ ।
संस्थाको मिति २०८० वैशाख १० गतेको घोषणा बमोजिम स्थापना गरिएका चार विभिन्न पुरस्कारहरूमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ’प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार“ का लागि २०८० र २०८१ सालमा प्रकाशित कृतिहरूको मूल्याङ्कनका लागि कृति–दर्ता आह्वान गरिएको छ ।
साथै नाट्य कर्मतर्फको “अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार“ का लागि पनि २०८०/ २०८१ सालमा प्रकाशित नाट्य कृतिहरुको मूल्याङ्कनका लागि कृति दर्ता आह्वान गरिएको छ । यो पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकोले नाट्यक्षेत्रमा योगदान दिनुहुने प्रतिभालाई मात्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
इच्छुक स्रष्टा वा प्रकाशकले २०८२ साल मङ्सिर मसान्तभित्र देहायको ठेगानामा आफ्ना सबै विधाका कृतिहरू ४–४ प्रतिका दरले दर्ता गराउनुहुन सादर अनुरोध पनि गरेको छ ।
दुवै पुरस्कारको राशि नेपाली रुपैयाँ ५०,०००/ र सम्मानपत्र रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
नेपालमा पुस्तक दर्ता गर्ने सम्पर्क स्थानः–
पेज टर्नर प्रा. लि. बागबजार, काठमाडौं
(सिटीम्याक्स सिनेमा भवनको पहिलो तला) कोठा नं. २०६





