
काठमाडौं।प्रसिद्ध सङ्गीत महर्षी नातिकाजी श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठको ८७ वर्षको उमेरमा क्यानाडाको भ्यानकुभरमा निधन भयो ।
बासुशशी स्मृति परिषद्का सदस्य -सचिव साहित्यकार प्रधुम्न जोशीले दिनुभएको जानकारी अनुसार श्रेष्ठको तीन दिन अघि निधन भएको हो।
नातिकाजी स्मृति समाजको प्रमुख संरक्षक रहेकी श्रेष्ठ पूर्व परिचारिका पनि हुनुहुन्थ्यो ।
श्रेष्ठको असामयिक निधन भएकोमा वासु शशी स्मृति परिषद्ले समवेदना प्रकट गरेको जनाएको छ ।




