
लघुकथा
सुकृत जंग दाहाल
जेन जेड पुस्ता
सोमबारको दिन काठमाडौँको आकाश सामान्य थियो तर सडक असामान्य ।विद्यालयको ड्रेसमा हजारौं बालबालिका र युवा युवतीहरु हातमा किताबसँगै प्लेकार्ड बोकेका थिए। भ्रष्टाचार बन्द गर ।सामाजिक सञ्जाल तत्काल खोल जस्ता नारा लगाइरहेका थिए। यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हुन्छ भनिएको थियो।
सुजनले बिहानै साथी आयुषलाई भनेको थियो ।आज हामीलाई डर छैन। हजारौं युवाहरु सडकमा गएर भ्रस्टचार विरुद्द नारा लगाउॅछन्।आज हाम्रो पुस्ताले सडकबाटआवाज उठाउँछ र आफ्नो मागहरू राख्छ । सुजन र आयुष १७ बर्षका ११ कक्षामा पढ्दै गरेका मिल्ने साथी थिए ।कलेज बिदा भएपछि घर नगै सुजन र आयुष पनि लैनचौरबाट त्यस आन्दोलनमा मिसिए। लैनचौरबाट जमल बसपार्क माइतीघर हुँदै भीड अगिबढ्दै गयो ।संसद भवनतिर विद्यार्थीको जुलुस आशा र जोश बोकेर अघि बढ्दै थियो ।सडकभरि युवाहरूको स्वर गुन्जिरहेको थियो। सुजनले आफूलाई ठूलो परिवर्तन अंश ठानेको थियो। तर दिउँसो अचानक वातावरण बदलियो प्रहरीको समूहबाट धुवा उडाउँदै फालिएको अश्रु ग्यासले आँखा पोल्यो ,भिड अलमलियो कोही त्यहाँबाट भागे ।कोही अझै नारा लगाइरहेका थिए ।तैपनि भिड अगाडि बढीरयो।ठुलो जेन्जी पुस्ताको जुलुस वानेश्वरको संसदभवन नजिक पुग्यो र भित्र छिर्न खोज्यो ।त्यत्तिकैमा एक आकस्मिक घटना घट्यो ।अचानक गोली चलिरह्यो ।आयुष भने अगाडि नै उभिरहेको थियो ।जब उनीहरू संसद भवन अगाडि उभिरहेका थिए ।सुजनले आफ्नो आँखै अगाडि आफ्नो साथी ढल्दै गरेको देख्यो ।आयुषको कलेजको सेतो सर्ट रगतले भिज्यो। सुजनले उसको हात समात्यो ।आयुषको टाउकोमा नै गोली लागेको रहेछ ।एकछिन आत्तिंदै मेरो साथीलाई गोली लाग्यो भन्दै रुंदै करायो। सुजनले उसलाई समातिरहेको थियो अरु जेन्जी पनि आए।सुजनले कॅाधमा बोकेर नजिकको सिभिल अस्पत्ताल लग्यो। सुजनको लुगाभरि रगत लत्पतियो। तर दुर्भाग्य जाक्टरले आयुषलाई मृत घोषित गर्यो।
आयषले गोली लागेर भुइॅमा ढलेको बेला एक बिर्सन नसक्ने कुरा भन्यो -‘हामी जित्नुपर्छ यार ।’
यो शब्दले सुजनलाई मर्माहित बनायो। अस्पतालमा घाइतेहरुले भरिएका थिए ।कोही रोइरहेका थिए। साथीहरु चिच्याइरहेका थिए भने कोही आफ्ना आफन्तहरु सम्झेर बौलाह जस्तै चिच्याएर खोज्दै ,कोही चुपचाप टोलाउँदै दौडिरहेका थिए ।सुजन भने रुंदै घाइतेहरुलाई सहयोग गर्न थाल्यो। राति समाचार आयो १९ विद्यार्थीको मृत्यु सयौं घाइते देशभरि कर्फ्यु लगाइयो । सुजन घर जाने बाटो नचिनेर रुंदै सोध्दै अबेर राती घर पुग्यो।घरमा आमा र बाबा रोएर बसीरहनु भएको रहेछ।उसलाई अंगालेयो हालेर आमा रुंदा उ पनि सॅगै रोयो।तर युवाहरूको आवाज रोकिएन भिपीएन खोलेर ,डीएनएस बदलेर लेख्न सकिने जति सामाजिक संजालको प्रयोग गरेर उनीहरूले भनिरहे हामीलाई अब चुप गराउन सक्दैनौँ।जेन्जीको आवाज संबोधन गर्। रात पर्नासाथ सहर सुनसान भयो तर जनताको घरभित्र भने आँसु र आगो दुवै थिए।
सुजनले डायरीमा लेख्यो- ‘आयुष तिमी छैनौ तर तिम्रो रगतले हामीलाई बोल्न सिकायो ।हामी चुप लाग्दैनौं ।भोलि इतिहासले लेख्ने छ हिजो हाम्रो पुस्ताले हाम्रो आवाजका लागि ज्यान दिए भनेर ।आज मेरो डायरीमा आँसु र रगतको दाग छ तर म यसलाई लुकाउदिन किनकि आयुष जस्ता १९ जना सहिद भए ।यो कुरा पक्का छ हामी जेन- जेड अब कहिले मौन बस्ने छैनौँ। हामी अगाडि बढ्नेछौं हामी देशमा एउटा सुशासन लिएर आउनेछौ र एउटा नयाँ ,सम्मानित र समृद्ध नेपालको कल्पना गर्नेछौ।’
जेन्जीको शान्तिपूर्ण जुलुसमा सरकारको दमनका कारण भोलीपल्ट धेरै जनता सडकमा ओर्लिए।आन्दोलन चर्कियो। ७२ जनाले ज्यान गुमाए।नभन्दै देशमा सरकार बदलियो।सहमतिको जेन जेडको सरकार भयो।सबै खुशी भए ।जेन-जेडले देशमा परिवर्तन त गरे ।तर उनीहरुको उद्देश्य विपरित निजि तथा सरकारी सम्पत्तिको तोडफोड र आगजानीले नोक्सान भएकोमा सुजनको मन अमिलो भयो।फेरी उनीहरुले सामाजिक संजालमा लेख्न थाले -हाम्रो संलग्नता छैन।दोषीलाई खोजेर कारबाही गर सरकार।हामी पुन निर्माणमा लाग्ने छौं।







