लघुकथा
वेकसूर
सुरेशकुमार पाण्डे
‘अब यो देशको भ्रष्टाचार सिद्धिन्छ।’ निर्मलले मुस्कुराउदै भन्यो।
‘अबपनि भ्रष्टाचार गर्नेआंट गरेभने त उनीहरू मानिस होइनन् बरू राक्षस नै भन्नुपर्छ।’लिलाधरले निर्मलको बिचारमा समर्थन् गर्दै थप्यो।
‘यार! अरू त सबैकुरा ठिकै भयो तर निर्दोश युवाहरू धेरै मारिए,उनीहरूको घरमा के बितेको होला?’निर्मल भावुक हुँदै भन्यो।
‘हेर त! हाम्रै बिचमा आन्दोलित भएकाहरूको कर्तूत् ! हामि आन्दोलन तिर लाग्यौं उनीहरूले दोकानमा सामानहरू चोरेर आफ्नो घरमा लाने रहिछन्।’ लिलाधरले प्रसङ बदल्दै मोबाइलमा भिडियो देखायो र भन्यो ।
‘उफ ! कति लाज हराएका युवा हुन् छि ! यो पछिल्लो केटालाई हेर त यो त कुनै राजनीतिक पार्टीको केटा हो।त्यसलाई भने मैले कतै नदेखेको बल्ल देखें। जस्तो गर्छन् उस्तै भर्छन् । हामी आफ्नो ठाउँमा इमानदार छौं। चेकिङ भयो भने उनीहरू आफै फस्छन्।’ निर्मलले मुस्कुराउदै भन्यो।
‘कोही छौ घर ?’ बाहिरबाट कसैले दैलो खटखटाउंदै आवाज दियो।
निर्मल उठ्यो र दैलो खोल्यो।
बाहिरबाट प्रहरी भित्र पसे।
‘तिमीहरूलाई गिरफ्तार गर्न आएका हौं !’ प्रहरीले मध्ये एकजनाले भन्यो।
‘सर हामीले के गरेउँ र?’ लिलाधरले भन्यो।
‘तिमीहरूलाई कसैको दोकान लुट्ने आरोप लागेको छ।’ प्रहरीले हत्थकडी लगाउँदै भन्यो।
दाङ घोराही