
काठमाडौं । कवि टेकबहादुर जिरेलको ‘जिरीसिक्रीको सुसेली’ लोकार्पित भएको छ ।
पर्यटन प्रवद्र्धन केन्द्रद्धारा राजधानीमा आयोजित एक भव्य कार्यक्रममा प्रा.डा.अभि सुवेदी,रोचक घिमिरे,मदनदास श्रेष्ठ,मनोज गजुरेल,शैलेन्द्र साकार,मनबहादुर मुखिया,उषा शेरचन लगायतले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे ।
लामो समय शिक्षण पेशामा सेवा गरी सेवानिवृत्त कवि जिरेलको उक्त कृति नेपाल पर्यटन वोर्ड,भृकुटीमण्डपमा भव्य उपस्थितिका विच लोकार्पण भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि विना सामुहिक रुपमा पुस्तक लोकार्पण गरिएको उक्त कार्यक्रममा अन्तरसम्बाद गरिएको थियो । अनुपम रोशीले उक्त अन्तरसम्बाद गरेका थिए। यस क्रममा जिरेलले आफ्ना कविताहरु कुनै परिभाषा नबाँधिएको बताए । उनले भने -‘मेरा कवितामा दुख र खुशी दुबै अटेका छन् । उनले जिरीको विशेषता बारे बताउँदै भने जिरी आदिवासीले हुर्काएको प्राकृतिक सौन्दर्य र संस्कृतिले भरिएको ठाउँ हो ।’

अनुपम रोशीले कृतिबाट केही कविता बाचन गरेकी थिइन भने कवि जिरेलले पुस्तकमा नसमेटिएको कविता सुनाएका थिए ।
पाठकीय मन्तव्य ज्योति जंगमले राखेको उक्त कार्यक्रममा कलाकार मनोज गजुरेलले मन्तव्य राखे ।
कार्यक्रममा अमृत भदगाउँलेले सहजीकरण गरेका थिए ।
‘जिरीसिक्रीको सुसेली’लाई पर्यटन प्रवद्र्धन केन्द्रले प्रकाशनमा ल्याएको हो ।



