
यौन कथा
परोपकारी बजै
नवीन पौड्याल
यी अमृताबजै अहिले सत्तरी वर्ष नाघिसकी होलिन्। अझै पनि बजै कडा छिन्। निकै कडा बोल्छिन्, खरो कुरा गर्छिन्। कसैलाई केही भन्न अहिले पनि बाँकी राख्दिनन्। यी बजैले पहिले मेहनत गरी घाँस दाउरा गर्ने, दुध बोक्ने, ढिकी जाँतो सबै थोक गर्थिन्। अहिले भने घरमा थान्को लागेर बसेकी छन्।
एकपटक आफु उनको घरमा जनगणनाको पारिवारिक तथ्य सङ्ग्रह गर्ने कामले जानु परेको थियो। मेरो घरदेखि अलिकमाथि बजैको घर पर्छ। अर्थात् बजैको घर र मेरो घर पाँच दस मिनटममा हिँडेर पुगिने ठाउँ हो। पातला पातला घर भएको गाउँ हुनाले उनी छिमेकी नै हुन् भन्दा हुन्छ। बजै अहिले सामान्य नै छिन्। पहिले सानामा बजैका बारेमा अनेक कुरा सुनिन्थे। उनीबारे आइमाइहरूले घृणाको भाव व्यक्त गर्थे, लोग्नेमान्छेले प्रशंसाको कुरा गर्थे। बैंसमा बजै आगो थिइन्, केटाहरूलाई पनि काम पुर्याइदिन्थिन्, गाउँ भाँड्ने काम गर्थिन्, यस्तै थरी थरीका कुरा भन्थे। कतिले भने अब्बुइ बजै पहिले तगडा हुन्, आगो थिइन् आदि के के कुरा सुनिन्थ्यो। कतिले उनका बारेमा निन्दा बोल्थे, कतिले प्रशंसा गर्थे। कतिको बोलीभित्र ईर्ष्या थियो, कतिको बोलीमा प्रशंसा। विशेषगरी महिलाको कण्ठबाट ईर्ष्याको भाव र पुरूषका कण्ठबाट प्रशंसाका भाव हुन्थे, जुन स्वाभाविक हो।
आज जनगणनाको काम लिएर बजैकहाँ जाने काम पर्यो। मलाई उनको पहिलेका कुरा सोध्न किन किन लोभ लाग्यो। फेसबुक आदितिर यस्ता व्यक्तिहरूका विगतका प्रश्न सोध्ने चलन बढेकाले होला शायद मलाई पनि उनको विगत सोध्न मन लाग्यो। उनलाई प्रश्न सोधेर उनको विगतबारे राम्रोसँग उत्तर पाउँ भन्ने विचारमा थिएँ। आज भने बजैलाई पहिलेका कुरामा अन्तर्वार्ता लिनु पर्यो जस्तो लाग्यो। पक्कै पनि आफ्नो पहिलेका कुरा सम्झेर भन्छिन् होला जस्तो लागेर उनको विगत कोट्याउन मन लाग्यो।
बजै घाम तापिरहेकी थिईन्। घरमा अरू कोही थिएनन्। उनी भदैनीसित गाउँमा बसेकी हुन्। उनकी भदैनी बजार गएकी र भदैनीका श्रीमान र छोराछोरी सिलगडी गएका रहेछन्। उनको रसिलो कुरा सुन्ने मेरो मनमा चौचौ थियो।
“बजै, पहिलेका कुरा भन्दिनु होस् न। पहिलेका कुरा सुन्न मलाई कस्तो रमाइलो लाग्छ” मैले आग्रह गरें।
“किन चाहियो मेरो पहिलेका कुरा ? मान्छेका सबै मान्छेका पैलेका कुरा के के हुन्छन् नी!’
“तैपनि अरूका भन्दा तपाईंको पैले जवानीका दिनबारे सोध्न मन लागेको छ। नरिसाउनु होस् न।”
“आहा, पहिलेका कुरा त रमाइला हुन्छन्। अहिलेका कुरा के नै छन् र। मान्छे खालि मुबेलमा झुन्डेका छन्, अचेल न राम्रो दुध घिउ खान पाइन्छ न पानी” आमैको वर्तमानप्रतिको एक आक्रोश झल्कियो।
“तपाईं तरूणी छँदा निकै राम्री हुनुहुन्थ्यो होला है ?”
‘खै, सबैले राम्री भन्थे। केटाखाल त मसित निकै राल चुहाउँथे नी, मसित मरिहत्ते गर्थे”।
‘हो र बजै ? भन्नु नी, तपाईंको बैंसको बेलाका कुरा, कस्तो सुन्न मन लागेको छ”।
“आ! पर्दैन पहिलेका कुरा सुन्नु। ती दिनका कुरा नगर।” नक्कली आक्रोश झल्कियो।
“भन्नु नी, प्लिज बजै !”
“आहा, ती दिन क्या रमाइला थिए। जे खाए पनि पच्थ्यो, जे लाए पनि सुहाउँथ्यो। अझ म तरूणी हुँदा केटा खाल मसित हुरूक्क हुन्थे। मलाई छुन खोज्ने, बोल्न खोज्ने, मेरो जिउ हेर्ने निकै हुन्थे। उनेरका लागि म के के न थिएँ। मेरो थैथै थियो।
“आहा हो र बजै!!अनि तपाईँको कोही केटासित लभ परेन ?”
‘तल्लो गाउँको एउटा लुकमान भन्ने केटो थियो। बेला बेलामा भेट्दा निकै मलाई हेर्थ्यो। निकै बलियो र राम्रे नै केटा थियो। उसले मलाई निकै मन पराएको जस्तो लाग्यो। एकदिन उसले मलाई मन पराएको कुरा उसले मौका पारेर आँटै गरेर भन्यो।’
“बजै के भन्यो उसले”रु
“अमृता, म तिमीलाई मन पराउँछु, नाई नभन है’ उसले कति सजिलै भनिदियो।
मलाई पनि यो केटाको आनीबानी राम्रै लाग्यो। मलाई पनि केटामान्छेसित लभ गर्नु मन लागेकै थियो। स्कुलको खालि टायममा मेरा साथीहरूले लभ गरेको कुरा कस्तो रहरलाग्दो गरी सुनाउँथे। एउटा तन्देरीले तरूणीलाई मन पर्नु मामुली कुरा थियो।
एकदिन म खेतमा एक्लै काम गर्दै थिएँ, त्यो लुकमान भन्ने केटा मेरो छेउमा आएछ। खेतबारीका यताउताको कुरा भयो। बालीमा पानी पुर्याउन मुस्किल परेको कुरा गर्यो। त्यसपछि त्यस केटाले पर गएर गफ गरौं भनी पर लग्यो। म पनि किन पछि हट्थें। पर गएँ। उसको कुरा र हावभावले उसले मलाई निकै मन पराउँदो रहेछ। हुन पनि म अठारकी थिएँ। मेरो जिउडाल कसिलो छ भन्थे। पर लगेर उसले मेरो हात समात्यो। हात, पाखुरा गालामा चुम्मा खायो। मलाई त मिठो लाग्यो। केटो निकै चालु रैछ। मेरो जिउमा हात डुलायो, मालिस जस्तो गरिदियो। त्यो दिन त्यतिकै भो। भोलिपल्ट फेरि यहीँ आउनु ल म पनि आउँछु है भन्यो।
भोलिपल्ट म तल खेतमा पुग्दा केटा बेलैमा आइसकेको रहेछ। मलाई घाँस काट्न सघायो। छिटो छिटो काटिदियो। भारी कसिदियो। मेरो हात समातेर मलाई घाँस निकै भएको ठाउँ कुनातिर लग्यो। उसले त्यहाँ लगेर गालामा चुम्मा खान थाल्यो। ओंठमा ओंठ जोडेर मलाई सलक्क बनाइदियो। एकछिनमा मेरो लुङ्गी माथि सोरेर मज्जा गर्यो। आहा !कति मज्जा हुँदो रहैछ। मेरो पहिलो अनुभव थियो। म त परमानन्दमा पुगेँजस्तो भएँ। मान्छेले यस्तो रमाइलो कुरालाई किन नराम्रो ठानेका होलान् जस्तो पनि लाग्यो। भोलिपल्टदेखि त त्यो केटासित प्रायः दैनिक पो यस्तै मज्जा चल्न थाल्यो। कुरा सामान्य थियो।
एकदिन उ आएर आफु पल्टन जाने भन्यो। उसलाई दुई वर्ष पर्खिनु भन्यो। मलाई दुःख लाग्यो। तर के गर्नु र ? हुन्छ भनेँ।
समय बित्दै गयो। त्यसको एक महिनापछि त मलाई लोग्नेमान्छेको कस्तो तल तल लाग्न थाल्यो। त्यो केटाले मलाई मज्जा दिएको कुरा मात्र झल्झली आइरह्यो। राती सुत्दा पनि त्यही कुराले सताउन लाग्यो। सपनामा त्यही केटा आएर मज्जा गरेको मात्र देख्न थालेँ। सिरानी अँगालेर सुत्ने गर्थें।
आ, उसलाई कहाँ पर्खिबस्छ, पल्टन गएको मोरो कैले आउला र मेरो औडाहा मेटाइदेला! भन्ने ठानेँ।
त्यसको भोलिपल्टदेखि म आफैं शिकार खोज्न थालेँ। घाँस दाउरा गर्न जङ्गलतिर बढी जान थालेँ। दुई चार दिनमा तल्लो गाउँको सन्तेलाई घाँस काट्दै गरेको देखेँ। देखेर सन्तेलाई बोलाएँ। सन्तेलाई घाँस काट्न सघाइदेउ है भनेँ। उसले ‘ए लु तिमीलाई घास सघाउने मेरो जिम्मा’ भनेर मलाई घाँस काट्न सघायो। उसलाई लोभ्याउने जुक्ति खियाउन थालेँ। उसको अघि नै मैले लुङ्गी यसो बिगारेर बसें। उसले कुरा बुझ्यो कि क्या हो, आएर लुङ्गी माथि सोहोरिदियो र काम शुरू गर्न थाल्यो। बल्ल एक महिनाको तिर्खा मेटाइदियो। त्यसपछि त त्यो त ‘पल्केको झिल्के घरिघरि मिल्कें’ भनेझैं उसित लगालगी मजा गर्न थालें। त्यसपछि त के भो। गाउँभरिका लोग्ने मान्छेले मलाई सोधखोज गर्न थाले। रमाइला गफ झिक्न थाले। मेरा घरमा पानी खान, नुन पैंचो माग्न, खेताला बोलाउन, चामल केलाइमाग्न आउन थाले। घरदेखि निकै तल हाम्रो खेतबारी थियो। खेतको एकापट्टि अलिकति सेपिलो ठाउँ थियो। बिस्तारै बिस्तारै म धेरैसित मज्जाको स्वाद चाख्न लागें। त्यसपछि त मेरो दैनिक आहार जस्तै लोग्नेमान्छेको स्वाद पाउन थालें। कतिले अनुभव गर्न देउ न भन्थे, अनुभव गर्न दिन्थें। एक दुई जना जाँड़ खाएर आएका हुन्थे। जाँड़ खाएका लोग्नेमान्छे आए म खेद्थें। काम गर्छस् भने जाँड नधोकी आइज, साला जाँड़ खाएर पो गन्धे मुख लिएर आउँदो रहेछ। जाँड रक्सी खाएर कहिले पनि मेरामा नआउनु, भनेर धपाएँ। साँच्चै त्यो दिनदेखि त्यो मान्छे जाँड रक्सी नखाई आउन थाल्यो। पछि सुनें त्यो जँड्याहाले रक्सी छोडेर मेरामा ढुक्कै आउन थाल्यो”। कति फोहोरी मान्छे मेरामा आउनका लागि सुग्घर बन्न थाले, कति झगडिया लोग्नेमान्छे सप्रेर गए।
बजैका आँखा चम्किला भए। आफ्नो विगत सुनाउँदै आँखा चम्किला भए। बजैका स्मृतिका रेशमका धागो निस्किएझैं सरर आउन थालें।
“गाउँमा मेरो नाम हो कि बदनाम हो, म गाउँमा निकै चिनिइन थालें। कसैले आएर मलाई केही नराम्रो भने भन्दैनथे। लोग्नेमान्छेजतिले मलाई प्रशंसा गर्थे, शायद केही आइमाई जतिले मलाई निन्दा गर्थे। मलाई मज्जा गर्ने बानी बस्यो। दई चार दिन खाली भए तलतल भैहाल्थ्यो। तर बर्खामा छिचिमिरा प्रकट भए झैं गाउँका लोग्नेमान्छे प्रकट हुन्थे। मेरो तलको खेतबारी छँदै थियो। घरमा कोहीबेला आमा नभएको एकान्त कोहीबेला मिलिहाल्थ्यो। बेसी जस्तो त्यो सन्ते र बीरे मसित बेसी लहसिन्थे। उनीहरूकै प्राइभेट स्वास्नी जस्तै ठान्थे कि। कोही काउली खाँदा खाँदा भएँ, नयाँ स्वाद फेर्न मन लाग्यो भन्थे, कोही आज बुढीले मज्जा गर्न नदेको हप्ता दिन भयो भन्थे, कोही मैले यस्तो मिठो फल चाख्न पाएको छुईनँ आज चाख्न देउ न भन्थे। थरी थरीका मान्छे आउँथे। बुढी मरेका पचासवर्षे बुढा पनि आउँथे। एउटा केटो त भर्खरै सोह्र सत्रको जस्तो पनि मेरामा आयो। मैले उसलाई यतिको कलिलो भएर किन आएको माल(साल भाँच्चिएला भनेर धपाएर पठाएँ। म त्यति बेला गाउँको चौतारी भएको थिएँ। यौवनको भारी बिसाउन केटाखाल चौतारीमा आउँथे। कोही मिठाइ लिएर आउँथे, कोही आएर सुटुक्क कपडा दिन्थे, मलाई पैसाको अभर परेका बेला पैसा सापटी पनि दिन्थे, तिर्नु पर्दैन भन्थे, कोही घरका फलफूल ल्याएर दिन्थ। मेक अपका सामानहरू लिपस्टिक, लाली पाउडरको कहिले खाँचो परेन। लोग्नेमान्छे नै यस क्षेत्रमा धेरै कमजोर हुन्छन् भन्ने कुरा थाहा पाएँ। पल्केका झिल्केहरू घरि घरि मेरामा आउन खोज्थे तर मैले कति लबस्तराहरूलाई गाली गरेर धपाएकी छु”।
“बजै पैसा पनि लिनुहुन्थ्यो कि क्या होर?”, मैले प्रश्न सोधें।
“ए, के मलाई बेस्से थिई भन्ने ठान्यौरु मेरो टायम पास मात्रै थियो, कसैसित एक कन्ची लिन्नथें”। बजै राँक्किइन्।
“अहिलेको जस्तो पहिले थिएन। धेरै छलेर, घरका बाबु र आमालाई झुक्याएर तल पर माथितिर गएर काम फत्ये गर्नु पर्थ्यो। घरमा मेरो बिहाको कुरा चल्थ्यो। अलिक वर्ष त बिहा गर्न मन लागेन। एउटै मान्छेको बन्धनमा पर्ने मन लागेन। अलिक वर्षपछि एकदिन मलाई माग्न भनी चारजना मान्छे आए। मधेसतिरका मान्छे रहेछन्। मेरो उमेर छब्बिस सताइस नाघिसकेको थियो। केटो ठिकै लाग्यो। किनकि मेरो जवानीको टुङ्गो लाग्नु थियो। जवानीमा सब कोही, मर्ने बेलामा कोही न कोही जस्तो लाग्यो। अब धेरैजनाकी भएर होइन, मैले अब बिहा गरेर एक थान्कामा बस्नुपर्छ, जस्तो लाग्यो। केटा काम गर्दो रहेछ, कमाइ राम्रै रहेछ, यत्तिकाले पाल्छ नै होला जस्तो लागेर बिहा गर्न म राजी भएँ।
“अनि बिहा भयो तपाईंको बजै ?”
“ भयो भयो। बेसी ठुलो बिहा भएन, घरमा ठुलो बिहा गर्ने औकात पनि थिएन। मेरो बिहापछि भने म बुढासित मेरो मायाप्रिती नै रह्यो। बुढासित मात्र सम्बन्ध बनाएँ। बुढालाई सजिलो बनाइदिएँ। अब त्यो तलतल सबै बुढाबाट नै मेटियो। बिहा गर्दा सत्ताइस नाघेकी हुनाले पहिले जस्तो थिइनँ।
बिहा गरेको तीस वर्षपछि बुढा मरे। सन्तान भएनन्। म यसरी बसेकी छु। मसित भदैनी बस्छे। उसले बिहा गरिन। मेरो घर जग्गाजमिन उसैको नाममा सारिदिएकी छु। मलाई राम्रो गर्छे। आ जे भयो राम्रो भयो, अहिले मलाई राम्रै छ।
यी अमृता बजैको विगतको खुलस्त कथाले उनीप्रति मेरो अझ श्रद्धाको भाव जाग्यो। उनीप्रति मेरो पूर्वधारणा समाप्त भएर सम्मानको भावले हेर्न थालेँ। उनी पक्का समाजसेवी र कति परोपकारी थिइन्। बजैको स्मृतिआलोक कति तीब्र कति कति तेजिलो। आफ्नो कुरा नलुकाइ खरखरी सुनाइन्। उनले समयको मिठो फल खाएको कुराजस्तो गरी सुनाइन्। मलाई पनि उनको कुरा सुनेर रमाइलो लाग्यो। उनले कसैलाई बिगार्ने काम, समाज भाँड्ने काम गरिन्। उनले दसजनासित बिहा गरी गरी हिँडिनन्, अर्काको लोग्ने टिपेर कतै हिँडिनन्। मेरो विचारमा त उनले पक्का समाजसेवा गरिन्। केही यौवनको तिर्खाले सताएकाहरूको मेटाइदिइन्, फल चाख्न दिइन्, कसैको घर र गाउँ भाँडिनन्। केहीका वास्तविक चाहना पूरा गरिदिइ होलिन्। गाउँका दुई तीनजनाको जाँड रक्सी खाने बानी हटाइदिइन्। बिगार्ने काम केही गरिनन्। बरू धेरै जना लोग्नेमान्छेका जीवनको वास्तविक सुख उनले प्रदान गरिन्। उनलाई पछुताउ छैन। कसैप्रति रिसराग पनि व्यक्त गरिनन्। धन्य अमृता बजै।
कालेबुङ







