
पुराना पुस्तक
कृति : पुष्पलाल छानिएका रचनाहरु
सम्पादक : विष्णु प्रभात
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष पुष्पलाल । माक्र्सवादी इतिहासकार,सिद्धान्तकार र रणनीतिज्ञ पनि हुन उनी । उनी नेपाली कम्यूनिष्ट पार्टीका संस्थापक पनि हुन् । यसमा उनै पुष्पलालका छानिएका दस्तावेजहरुको अध्ययन कसरी गर्ने,कम्यूनिष्ट पार्टीको नेपाली अनुवादको घोषणापत्र,नेकपाको पहिलो पर्चा,स्थापनाको पहिलो घोषणापत्र,नेपालमा मातृसत्तात्मक समाज लगायतका विषयमा महत्वपूर्ण रचनाहरु यसमा छन् ।
नेपाली बामपन्थी र प्रजातान्त्रिक आन्दोलन र राजनीति बारे जान्न चाहाने जो कोहीलाई पनि यो कृति महत्वपूर्ण छ ।
पुष्पलाल छानिएका रचनाहरु भाग-१ लाई मदन आश्रित स्मृति प्रतिष्ठानले वि.सं.२०५३ मा प्रकाशनमा ल्याएको थियो ।
कृति : पूर्व एक नम्बर
विधा : इतिहास(परिचय)
कृतिकार : कृष्णप्रसाद पराजुली
काभ्रे र सिन्धुपाल्चोकको परिचय दिने क्रममा तयार पारिएको कृति हो । यसमा काभ्रे र सिन्धुपाल्चोकको भौगोलिक परिचय,जिल्लाकेन्द्र,मुख्य बस्ती,दर्शनिय स्थल,त्यहाँको जनजीवन र व्यवसाय समेतको जानकारी दिइएको छ।
यसमा इतिहास,पौराणिक कथन र किंवदन्ती दिइएको छ। त्यहाँको शैक्षिक जागरण,यातायात,सञ्चार र स्वास्थ्यसेवा,कलासंस्कृति,साहित्य र साहित्यकार समेत यसमा समावेश गरिएको छ। जिल्लागत नक्सा समेत कृतिमा समावेश छ । त्यहाँको बारेमा जानकारी दिने राम्रो कृति हो ।
पूर्व एक नम्बरलाई पहिलो पटक वि.सं.२०२२ सालमा पूर्व एक नम्बर प्रकाशन समितिले प्रकाशनमा ल्याएको थियो ।







