
प्रकल्प रञ्जन भागवती
एक बथान जङ्गली हात्तीको दुखेसो
नयाँ बनेका सहरहरूले जङ्गलहरू सिङ्गासिङ्गै निल्छन्,
आकाशलाई निल्न गाह्रो छ।
चराहरूलाई नै राम्रो-
जाडो आवासभूमिका लागि हजार माइल उडी जान
ग्रीन कोरिडोर चाहिँदैन, पासपोर्ट पनि चाहिँदैन।
मानिसहरूले देश बनाउँछन्, काँडेतारले बार लगाउँछन्,
जङ्गल भत्काएर रेल लाइन बिछाउँछन्,
चराहरूलाई नै राम्रो-
तीव्र वेगी रेलको ठक्करबाट बाँच्नलाई पखेटा छन्।
मानिसहरूले अन्धकार हटाउन बिजुली तारको जाली फिजाउँछन्,
चराहरूलाई नै राम्रो-
हुँदैनन् विद्युत् घाती अकारणमा।
चराहरूलाई नै राम्रो-
चराहरूलाई नै राम्रो-
मुक्त
स्वतन्त्र
अन्ततोगत्वा आकाश त छ।
अनुवादक डा. देवेन सापकोटा।
मूल असमिया पर्या कविता: प्रकल्प रञ्जन भागवती असमका एकजना उदीयमान कवि, अनुवादक, लेखक। जन्म सन् १९७६ मा। गुवाहाटी विश्वविद्यालयबाट असमिया साहित्यमा स्नातकोत्तर। प्रकाशित काव्यसङ्ग्रह: बलधारोही (सन् २०२१)। हालै पर्यावरणीय कविता रचना र चयनित सङ्कलन प्रकाशनमार्फत पर्यावरणीय चेतनाको प्रयास।







