
लघुकथा
नारीत्व
एन्जल निलु मिना साह
एकाबिहानै रुक्मिणीको दैलोमा मान्छे कराएको सुनिन्थ्यो।आवाजलाई पच्छ्याउँदै म पनि त्यहाँ पुगेकी थिए।
त्यहाँको परिस्थितिले सोचमग्न बनाई दिएको थियो।
बिचरी रुक्मिणी,कसको कुरा सुन्थिन् र कसको जवाफ फर्काउँथिन्।एकै पटक दशवटा प्रश्न तेर्सिन्थे।
‘जे जति भएपनि बखतलाल तिम्रो बुढो हो। यो अन्तिम क्षणमा तिमीले नै स्याहार सुसार गर्नु पर्छ’ त्यसै बिचबाट आवाज आको थियो।
‘बखत लालले आफ्नो बलबुताले भ्याएसम्म रुक्मिणीलाई कहिले पनि गनेका थिएनन् । लाज पचाएरै दुःख दिएका थियो । त्यतिबेला उनलाई सम्झाउने,बुझाउने कोही पनि थिएनन्।
आज रुक्मिणीको घाँटी न्याँक्न सबै उर्लेका छन्।’म मनमनै सोच्दै थिए।
‘अघिदेखि मैले धेरै सुनेँ । अब म केही सोध्न चाहन्छु…। म मेरो जिन्दगी जिउनुबाट बन्चित भएँ, मेरो नारीत्व माथिको लान्छना खपेँ । मेरो मातृत्वमाथि औँला ठड्याइयो।के यो सबैलाई फर्काएर ल्याउन सकिन्छ….?
बखतलालको अनुहार औंसीको रात जस्तै देखिन्थ्यो। उ केही पनि बोल्न सकेको थिएन।
‘यदि छैन भने,ऊ बाँचे बाँचोस् मरे मरोस् म केही गर्दिन..?
उनी जुरुक्क उठिन् र भनिन्।’







