
काठमाडौं। साहित्यकार भाग्यशाली अधिकारीको हृदयघातको कारणले निधन भएको छ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउने अधिकारीको हृदयघातको कारणले निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनकी जेठी छोरी कविता अधिकारीको अनुसार आइतबार राति ९ बजेतिर खाना खाएर पानी खाँदा खाँदै अचानक ढलेका अधिकारीलाई केएमसी अस्पताल पुर्याइएको थियो। अस्पतालमा डाक्टरले पाँचै मिनेटमा ल्याइपुर्याएको भए पनि बिरामी बचाउन नसकिने बताएको थियो।
साहित्यकार अधिकारीका एक छोरा र तीन छोरी छन्। उनी साहित्यका विविध विधामा कलम चलाउँथे। उनी सामाखुसी साहित्य समाजका अध्यक्ष हुन्। अमेरिकामा रहेको छोरा आइपुगेपछि उनको दाहसंस्कार गरिने उनकी छोरी कविता अधिकारीले बताएकी छन्।



