
काठमाडौ। वरिष्ठ समालोचक युवराज मैनालीलाई “पोषण पाण्डे स्मृति” पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाली साहित्यका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित “पोषण पाण्डे स्मृति ” पुरस्कार यस वर्ष समालोचक तथा साहित्यकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ।
काठमाडौँ पोषण पाण्डे तीर्थ सदनमा आयोजित एक कार्यक्रममा नगद ५१,००० रुपैयाँ र कदरपत्रसहित मैनालीलाई सम्मान गरिने निर्णय गरेको हो ।
तीर्थ सदनले एक विज्ञप्ति जारी गर्दै २०८२ साल वैशाख ३१ गते, स्वर्गीय तीर्थकुमारी पाण्डेको ४५औँ पुण्यतिथिको अवसर पारेर मैनालीलाई उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो।
समालोचना, लघुकथा, हास्यव्यङ्ग्य निबन्ध, र कवितामा उत्तिकै दख्खल राख्ने मैनालीका ‘मुर्दा बोल्यो’ कथासङ्ग्रह, बालकृष्ण समको नाट्यकारितामा आधारित कृति, ‘भ्रष्टाचारको भाङ’ निबन्धसङ्ग्रह, ‘पृथक् बाटो’ लघुकथासङ्ग्रह र ‘दृष्टि र दृष्टिकोण’ समालोचना सङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् ।




