
चर्चामा पुस्तक
समयले जन्माएका कथाहरु
शुभचन्द्र राईको यो कथासंग्रहभित्र ८६ थान विषयगत विविधाका कथाहरु समावेश गरिएको छ । मानिसका चौतर्फी समस्यामा आक्रोस,पीडा,छटपटीहरु कथाका विषय बनेका छन् । ग्रामिण परिवेश,त्यहाँको राजनीतिक सामाजिक,आर्थिक विषयवस्तुहरुको सेरोफेरोमा कथा बुनिएको छ । द्धन्दका विषय पनि छन् । परिवर्तन पछिका दृश्यहरु पनि छन् ।मुन्धुमका कुरा पनि छन् । अनि संस्कार र संस्कृतिका भाव पनि उत्तिकै छन् । विदेसिने नेपाली संस्कृतिको कथा पनि छन् ।
त्यहाँ सुखदुखका कहानी छन् । मायाप्रेमका भावना छन् । नेपाली साहित्यको मूलधार भन्दा पर धेरैको नजर नपरेका विषयवस्तुमा कथा लेखिएका छन् । कथानकता टिपिएका छन् । पात्रहरु चयन गरिएका छन् । प्राय कथाहरु धरान आसपासका रहेका जस्ता लाग्छन् । यथार्थपरक भावमा कथाहरु आएका छन् ।
मीठासपूर्ण भाषा,सरल लेखाई कथाको विशेषता हुन् । यसको भाषा सम्पादन गणेश राईले गरेका हुन् ।
समयलाई जन्माएका कथाहरु भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.५००। रहेको छ ।
अक्षत अन्टार्कटिका
जीवा लामिछानेको नविनतम नियात्रा कृति । पृथ्वीको सबैभन्दा रहस्यमय मानिएको,सबैको चासोको स्थान अन्टार्कटिकाको सदृश्य वर्णन गर्दछ अक्षत अन्टार्कटिकाले । त्यहाँको अनुपम सौन्दर्यलाई हामीले आफ्नै आँखाले दृश्यापान गरे जस्तो भान पार्दछ । क्रुजको यात्राको रमाइलो थाहा दिन्छ कृतिले । त्यो श्वेत महादेशको प्रायद्धीपको जानकारी गराउँछ । पाठकले त्यहाँको भौगोलिक अबस्था,विभिन्न समयमा त्यो भूगोलको अन्वेषण गर्दा पाइएका दुखद कुराहरु,विभिन्न बैज्ञानिकहरुका प्रयासहरु समेतको ज्ञान दिन्छ । अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा कृतिले जानकारी दिन्छ । अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा–वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् ।
अक्षत अन्टार्कटिकालाई फाइन प्रिन्टले बजारमा ल्याएको हो । यसको मुल्य रु.६००।रहेको छ ।








