
काठमाडौं ।
स्रष्टा तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको बालकथा संग्रह ‘भैंचालो’ प्रकाशन भएको छ ।
ढुंगानाले भूकम्पसम्बन्धीका घटना र सन्दर्भलाई उनेका कथाहरू भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
यस संग्रहभित्र भुकम्पसम्बन्धि घट्ना र सम्बन्धहरुलाई उधिनेर लेखिएका ६ वटा ‘भूकम्पको भूत’, ‘सम्झनाको सपना’, ‘अञ्जुका आँखा’, ‘बेहोसपछिको होस’, ‘मेनुकाको मुटु’ र ‘लोभले लाभ, लाभले विलाप !’ शीर्षकका कथाहरु यसकृतिमा समेटिएका छन् ।
आपदविपदमा देखे भोगेका र जानेका घट्ना र विभिन्न सन्दर्भहरुको बारेमा कथाहरु मार्फत बालबालिकालाई ज्ञान दिने उद्देश्यले कथासंग्रह लेखिएको सञ्चारकर्मी समेत रहेका स्रष्टा गोपीकृष्ण ढुँगानाले बताए ।
लेखकीय मन्तव्यमा गोपीकृष्ण ढुंगानाले ‘भैंचालो’मा लेखेका छन्,-‘सोही क्रममा अर्को पुस्तकका लागि पाण्डुलिपि तयार भयो । साझा प्रकाशनले छाप्नेगरी तयारी भयो तर यसै आठ वर्षसम्म पाण्डुलिपि थन्कियो । अहिले सोही पाण्डुलिपि ‘भैंचालो ‘शीर्षकमा प्रकाशित भएको हो ।’
प्रज्ज्वल थापा मगरका चित्रहरूमा सजिएको भैंचालो बालबालिकाले रंगीन पृष्ठहरूमा पढ्न पाउनेछन् ।







