काठमाडौं । कथाकार रत्न कोजुलाई मैनाली कथा सम्मान अर्पण गरिएको छ । ं
साहित्यक पत्रकार संघको आयोजनामा भएको ४४ औ कथा दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान अर्पण गरिएको हो ।
कथाकार रत्न कोजुलाई उक्त सम्मान प्रमुख अतिथि डा.राजेन्द्र विमल सहितका अतिथिहरुले सम्मान गरे ।
प्रमुख अतिथि डा.विमलीले कोजुका कथाहरुले भक्तपूरलाई चिनाएको बताए । उनले भक्तपूरको कलासंस्कृति कोजुका कथाद्धारा बुझ्न सकिने बताए ।
३०को दशकका अब्बल कथाकारको रुपमा कोजुको कथाकारीताको चर्चा गरे धुर्व मधुकर्मीले । उनले चर्चामा आउन नचाहाने कथाकार कोजुको कृतिको रुपमा कथाहरु कम आएको भएपनि अब्बल रहेको बताए ।
प्रमोद प्रधान,श्रीओम श्रेष्ठ रोदन र ध्रुर्व मधुकर्मी रहेको सम्मान छनौट समिति गठन भई सोही समितिले कोजुलाई चयन गरेको थियो ।
सोही कार्यक्रममा लेकालीले कथाकार डा.राजेन्द्र विमलीलाई २०७९ सालको भानु तुलसीदास सम्मान अर्पण गरे ।
कार्यक्रममा विभिन्न लघुकथाकारहरुका लघुकथा पनि सुनिए ।
कार्यक्रमका सभाध्यक्ष लेकालीले स्वागत सहित संस्थाको परिचय दिएका थिए ।