नवराज पोखरेल ‘नवशिला’
१.
१.
देखावटी मात्र रै’छ प्रेमको कोरी बाटी
माया गर्छु भन्दै उसले मुटु पनि साटी
लुटेर गई संसार मेरो एक्लो बनाएर,
निष्ठुरीले रेटी मलाई बैमानीले ढाँटी।
२.
भर भरोषा बिश्वास उसले तोडेकि हो
एक्लो बनाएर यहाँ उसले छोडेकि हो
मलाई पागल बनाई अर्कै मान्छे छानी,
धोका दिई उसैलेनै बाटो मोडेकि हो।
३.
मिसाएर प्रेमको जरि पठाईदिनु
मलाई औठी अनि तिलहरी पठाईदिनु
मलाई तिम्रै हुँ म हजार जुनि जीवनको साथी,
हृदय भित्र माया भरि पठाईदिनु मलाई।
४.
चढाई यिनलाई धुपबाती पत्याईदिनुपर्ने
उखान टुक्का नानाभाती पत्याईदिनुपर्ने
जनताको भविष्यलाई हाले खाल्डो भित्र,
अझै नि यिनकै खुरापाती पत्यादिनुपर्ने।
५.
पग्लेछ मन अमन चयन देखेपछि
प्रिय पुष्ट छाती प्यासी नयन देखेपछि
प्रिय तिम्रो पिछा लागेको हुँ सत्य धरोधर्म,
स्वरुपभित्र यो विस्मयन देखेपछि प्रिय।