
आफन्त
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
छन गेडा सबै मेरा, छैनन् गेडा सबै टेढा
काम छउन्जेल भाँडाकुंडा न तेरा न मेरा
दुस्ख पर्दा आफूलाई हाँसीहाँसी पिट्छ ताली
अब भन्नुस् तपाईं नै यस्ता आफन्त केका लागि!
बाटो हिड्दा आँखा तर्छ मौका मिले मारौं झैँ गर्छ
नचाहिदो काम आफैं गर्छ,माथिबाट आफै झर्छ
तल बसि समाउनुपर्ने उसको खुसीमा रमाउनुपर्ने
खाएपछि तिर्न नपर्ने चोरेरै भएपनि कमाउनुपर्ने
काट्नु पर्ने घाँस तर काट्दैनन् काटछन मात्रै कुरा
मुखले राम राम भन्छन् पछाडिबाट हान्छन छुरा
धाक भन्दा धक्कु ठूलो हिड्ने बेलामा खुट्टा लुलो
दायाँबायाँ आँखा नझिम्क्याए बल्दैन घरको चुल्हो
बाउ बाजेको साख लगाएर धाक माटोमा मिलाउँछ
कुनै काम छैन पश्चाताप छैन जिब्रो चाहि चिलाउँछ
राम्रा नराम्रा दुबै थरी छन त,देख्दा अडिग छैन मन त
पाए अन्त नपाए जन्त यस्ता मान्छे के को आफन्त !







