dhimahi
काठमाडौं । जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरू प्रा. डा. ज्ञानू पाण्डे, भुवनहरि सिग्देल, महेश पौड्याल र लेखकले कृति सार्वजनिक गरे ।
कार्यक्रममा प्रा. डा पाण्डेले ‘धीमहि’ जीवनको गहन दर्शनमाथिको चिन्तनमा आएको र मान्छेका बारेमा विभिन्न दृष्टिकोणलाई किताबले समेटेको , विचारप्रधान उपन्यास भएको बताइन् ।
समीक्षक पौड्यालले जयरामको उपन्यास पहिलो भए पनि शक्तिशाली रहेको भन्दै कृतिले पाठकको मन जित्नसक्ने धारणा
राखे ।
कार्यक्रममा लेखक तिमल्सिना र सिग्देलले पनि बोलेका थिए ।कवि महेश कार्की क्षितिजले कार्यक्रम सञ्चालन गरेका थिए।
कृति पेज टर्नरले प्रकाशित गरेको हो ।





