धम्मपद शृङ्खला -१५
यमक वर्ग
इध सोचति पेच्च सोचति पापकारो उभयत्थ सोचति ।
सो सोचति सो विहञ्ञति दिस्वा कम्मकिलिट्ठमत्तनो ॥ १५ ॥
पाप गर्ने व्यक्ति यो संसारमा चिन्ताग्रस्त हुन्छ, परलोकमा चिन्ताग्रस्त हुन्छ, दुवै लोकमा चिन्ताग्रस्त हुन्छ ।
जब उसले आफ्नै कुत्सित कर्महरूको परिणाम देख्छ, तब ऊ त्यसप्रति चिन्ताग्रस्त हुन्छ र दुःखी हुन्छ ।