रौतहट । नेपाल स्रष्टा समाज,मधेश प्रदेशले समाजको स्थापना दिवस मनाएको छ ।
मंगलबार चन्द्रपूरमा ‘विद्यार्थीसँग स्रष्टा समाज विषयक’ अन्तरकृया तथा रचना बाचन गरी स्थापना दिवस मनाएको हो ।
पुष १६ गते साहित्यकार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यता तथा समाजका मधेशप्रदेशका सल्लाहकार माधव काफ्लेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यिक अन्तरकृया सहित विभिन्न कवि साहित्यकारहरुले आफ्ना रचना बाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले पनि आफ्ना रचना सुनाएका थिए ।
डा. शालिकराम शर्मा र अनन्त कोइराला,सुवास पहाडी पोखेरल,आलोक कोइराला लगायतका कवि,साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन सदस्य राम आचार्यले गरेका थिए ।
मधेश प्रदेशकी संयोजक लक्ष्मी श्रेष्ठले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै सबैलाई स्वागत गरेकी थिइन् ।