काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् ।
शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि उक्त बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल केन्द्रित हुनेछ ।
बैठकमा अर्काे एजेण्डा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ ।
कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।