
प्रेमफूल
कमला खड्का
ओठमा फुलिरहोस्
प्रेमको प्रतीक गुलाफ
रहर भएर फुलून्
वरिपरि अरु कुसुमहरू !
तिमी –
गुलाफ जस्तै मुस्कुराउनू
र छर्नु ममा गुलाफी माया
तिमीले दिने मायाले
म सधैं मुस्कुराउन सकौं
तिम्रा हरेक दुःखमा
सुख भर्न सकौं
भ्यालेन्टेनीहरूको हातमा
सजिएको गुलाफ जस्तै बनेर
मेरो हृदयमा रहनू
नमेटिने प्रेमको रातो रङ बनेर
तिमी फूल
प्रेमको –
बलिदानको आस्थाको बिश्वासको
र
तिमी फूल –
नओइलने प्रेमको ।








