
काठमाडौं । नारी स्रष्टा समाजको आयोजनामा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
उक्त कार्यक्रममा मोहनलता विशिष्ट सम्मान -२०८१ बाट राजेश खनाल,भीमलाला यशोदा स्रष्टा सम्मान -२०८१ बाट त्रिभुवनचन्द्र वाग्ले,कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार -२०८१ बाट रमेश सुवेदी,वर्ष पुस्तक मिलन समिर र मिलन समीरहरुका स्रष्टा मिलन समीरपुरस्कृत भए ।

कोेशी लघुकथा स्रष्टा सम्मान -२०८१ वाट रमेन्द्र कोइराला सम्मानित भए । राजेन्द्र हेमलता स्रष्टा सम्मान- २०८१ तथा पुरस्कारबाट पार्वती भट्ट,नारी स्रष्टा सम्मान -२०८१ बाट कमला पराजुली सम्मानित र पुरस्कृत भए ।
यसैगरी स्रष्टा सम्मान २०८१ -वाट सुमन थापा संगम,नीता श्रेष्ठ नित्यनुर,तारा केसी,मीरा काफ्ले पोखरेल ,सुनिता निरौला पौडेल,ऋषिका ढकाल लगायत सम्मानित भए ।

मोहनलता स्रष्टा सम्मान २०८१ -बाट श्याम स्मृत,पवनकुमार बुढाथोकी,शुक्रराज कुँवर,भानुप्रकाश जोशी,रोशन पराजुली,शम्भु अर्याल,नवराज पोखरेल नवशिला,अर्नव अर्याल,प्रोसेस पाण्डे लगायत सम्मानित भए ।

समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रा.डा.सावित्री कक्षपति,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.गोविन्दमान सिह कार्की लगायतले गुनासो लघुकथासँग्रह र श्वेताम्बरा कवितासँग्रह सार्वजनिक गरे ।
उक्त अबसरमा प्रत्येक बर्ष स्यााङ्जाको सामुदायिक विद्यालयलाई दिइने गरिएको खेलकुद र शैक्षिक सामाग्री एवं पुस्तकहरु पनि प्रदान गरियो ।
प्रमुख अतिथि प्रा.डा. सावित्री कक्षपति,नेपाल स्रष्टा समाजका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.गोविन्दमान सिंह कार्की लगायतले आ आफ्नो मन्तब्य व्यक्त गरे ।
कार्यक्रममा पुरस्कृत स्रष्टामध्येबाट राजेश खनाल र त्रिभुवनचन्द्र वाग्ले,प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कारका स्रष्टा ििमलन समीर ,संस्थापकको तर्फबाट बिक्रम भक्त जोशी,कृतिकार भानुप्रकाश लगायतले आ आफ्नो मन्तब्य राखे ।
सोही कार्यक्रममा समाजकी उत्कृष्ट पदाधिकारी रञ्जना पराजुली सम्मानित भइन । संस्थाको लोगो अंकित मायाको चिनो सबै अतिथिहरुलाई प्रदान गरी कार्यक्रमको समापन समाजकी अध्यक्ष एवं कार्यक्रमकी सभापति ममता मृदुलले गरिन ।
रञ्जना पराजुलीले उक्त कार्यक्रमको सञ्चालनमा भएको थियो ।

