
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार ९चैत १५० भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन्।
राज्य विरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार राज्य विरूद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन्
अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका -१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका ३ का २३ वर्षीय सुशिल बराल पक्राउ परेका छन्।सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका-२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल पक्राउ परेको एसपी बोहराले जानकारी दिए।
उनीहरूलाई बुधबार काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।
उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको एसपी बोहराले बताए।
उनले् उक्त घट्नामा अहिलेसम्म ६६ जना पक्राउ परेको पनि जानकारी दिए ।



