काठमााडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिकले कबाको पहिलो संरक्षक सदस्य वरिष्ठ कलाकार तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृति दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता गर्दैछ ।
१.हेम पौड्याल र चरा २.हेम पौड्याल र कला ३.हेम पौड्याल र सौन्दर्य, यि तीन शीर्षकहरु मध्ये एक शीर्षकमा १०० देखि १२५ शब्दको कविता मङ्सिर १५ गते भित्र मेल [email protected] ठेगानामा पठाउन आयोजकबाट अनुरोध गरिएको छ ।
पहिलो,दोस्रो र तेस्रो हुने विजयीहरुलाई एक एक वटा हेम पौडेलको कला कृति र नगद क्रमशः १०,०००,६,०००,४,००० प्रदान गरिने बताइएको छ ।
माघ २० गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर साहित्यिक साप्ताहिकको आयोजनाममा हेम पौडेलको चित्र कला प्रदर्शनी, कविता कृति प्रकाशन र कविता प्रतियोगिता कार्यक्रममा विजयीहरुलाई पुरस्कार अर्पण गरिने कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलले
इ खबर नेटलाई जानकारी दिनुभयो ।