काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको छ, सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन ,एम्बुलेन्स, सुरक्षा निकाय लगायत भने चल्न सक्ने आयोजनाले जनाएको छ।