काठमाडौं । साहित्यकार ध्रुव नेपालको निबन्धसंग्रह ‘सिके पो !’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक साहित्यकार प्रा।डा। माधवप्रसाद पोखरेल लगायतले निबन्धकृति सार्वजनिक गरे ।
कार्यक्रममा प्रा.डा.पोखरेलले निबन्धकार नेपालले सानासाना कुराबाट निबन्ध सुरु गरेर गम्भीर र गहिरा निष्कर्ष प्रस्तुत गरेको उल्लेख गरे ।
सार्वजनिक र्भएको निबन्धकृतिमाथि समीक्षात्मक प्रमोद प्रधान र डा.नवराज खतिवडाले गरे ।
उक्त कार्यक्रममा कार्यक्रममा कृतिकार कमला लम्साल, ध्रुव नेपाल, रामबाबु नेपाल लगायतले बोलेका थिए ।