चितवन । निबन्धकार तथा चर्चित समालोचक ज्ञानु अधिकारीलाई सारस्वत रत्न पुरस्कार २०८० बाट पुरस्कृत गरिने भएको छ ।
रत्ननगर बाङमय प्रतिष्ठान,रत्नगर नगरपालिका,चितवनले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।
अधिकारीको समवेदनाको समायोग निबन्धकृतिलाई नगद रु.३०,०००। (तीस हजार रुपैयाँ) राशीको उक्त पुरस्कार प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले बताएका छन् ।
प्रतिष्ठानले हरेक वर्ष रत्ननगर नगरपालिका भित्र रही साहित्य साधना गर्ने सर्जकहरुका प्रकाशित कृतिमध्येबाट संस्थामा दर्ता भएका उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गर्ने गरेको हो ।
