काठमाडौ । सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभएर राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र पनि भएको बताएका छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारलाई राम्रो काम गर्न निर्देशन दिने थलो संसद भएको हुनाले यो राष्ट्र निर्माणको पनि केन्द्र भएको बताएका छन् ।
सांसदहरु दलबाटै निर्वाचित भए पनि कानुन निर्माणमा, सरकार निर्माणमा वा संसदले बनाएको कानुनको आधारमा सरकार सञ्चालन गर्ने परिपाटीमा सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।