आज लक्ष्मी पूजा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ ओं जन्मजयन्ती । देवकोटा नेपाली साहित्यका महाकवि ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। तीनै कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए।
अहिलेसम्म नेपाली साहित्यमा सबैभन्दा बढीपटक प्रकाशित भै बिक्री भएको मुनामदन खण्डकाव्यका रचयिता हुन् देवकोटा । मानवतावादी देवकोटा अरुको दुखमा सहयोग गर्ने मनकारी व्यक्ति पनि हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।
वि.सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन पहल गरेका देवकोटा तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आसुकविको रुपमा हेर्न सकिने क्षमता थियो । एकमात्र उपन्यास चम्पा लेखेका देवकोटाको पागल कविता चर्चित छ । उनी अनुवादमा पनि दखल राख्थे ।
क्यान्सर रोगबाट मृत्यूबरण गरेका देवकोटाको अद्धितिय योगदानको कारण नेपाली भाषा,साहित्यले सदा उनलाई सम्झिरहने छ ।
११६ औं लक्ष्मी जयन्तीको अबसरमा महाकवि देवकोटाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं । आज लक्ष्मी पूजा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ ओं जन्मजयन्ती । देवकोटा नेपाली साहित्यका महाकवि ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। तीनै कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए।
अहिलेसम्म नेपाली साहित्यमा सबैभन्दा बढीपटक प्रकाशित भै बिक्री भएको मुनामदन खण्डकाव्यका रचयिता हुन् देवकोटा । मानवतावादी देवकोटा अरुको दुखमा सहयोग गर्ने मनकारी व्यक्ति पनि हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।
वि.सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन पहल गरेका देवकोटा तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आसुकविको रुपमा हेर्न सकिने क्षमता थियो । एकमात्र उपन्यास चम्पा लेखेका देवकोटाको पागल कविता चर्चित छ । उनी अनुवादमा पनि दखल राख्थे ।
क्यान्सर रोगबाट मृत्यूबरण गरेका देवकोटाको अद्धितिय योगदानको कारण नेपाली भाषा,साहित्यले सदा उनलाई सम्झिरहने छ ।
११६ औं लक्ष्मी जयन्तीको अबसरमा महाकवि देवकोटाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं ।