
कल्पना भण्डारी
दृष्टिकोण
‘अँध्यारो अनुहार छ त,सन्चो छैन बहिनी?’ मैले सँगै सीटमा बसेकीलाई सोधेँ ।
‘काम गर्दै पढ्न भनेर काठमाडौँ आएको काम पनि पाइएन घर फर्किनु पनि कसरी ?’ हिराले दुःख पोखी ।
‘बहिनी! पिर नगर्नुहोस्, मैले यो संसारमा दुखी र अपाङ्गहरुका व्यथा बुझेको छु । कतिपयले ऊ जुनीको पाप भनेर जिस्काउँछन्, र अझ कतिले त दृष्टि नै बेग्लै राख्न पनि खोज्छन् ।’
मैले उनलाई सम्झाएँ ।
‘हो नि दिदी, एकपटक मलाई पदम नामका सरले एउटा कार्यक्रममा जाँदा जागिर लगाइ दिन्छु भनेर बोलाउनुभयो ।
म हर्षित हुँदै कार्यालय पुगेर फोन गरेँ । उहाँले क्वाटरमै डाँक्नुभयो ‘ उसले पुरानो प्रसङ्ग निकालेर भनी !
‘अनि के भयो ?’ मैले जिज्ञासापूर्वक सोधें ।
‘एक घण्टासम्म उहाँले नानाभाँति कुरा गरेर अन्तमा क्वाटर पनि आइरहनु पर्छ भन्नु भो ।’
‘अनि पाएको जागिर खान पर्दैन त !’
‘त्यसो होइन दिदी । म शारीरिक रूपले कमजोर भए पनि मानसिक रूपले त सबल छु नि त ।’








