काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन्।
कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै नेप्से अनलाइन ट्रेडिङ सिस्टम (टीएमएस) नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।