काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ ।
समितिको म्याद १५ दिन थप्ने प्रस्ताव राख्न लागिएको स्रोतले बताएको छ ।
प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ । त्यही बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थप गर्न प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ ।