काठमाडौं । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति बनेको छ ।
भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसीहरि कोइराला सदस्य रहेको छानबिन समिति गठन भएको छ ।