
काठमाडौं।भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।
बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।
‘आइजिपीलाई तपाईंलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छौं,’ । ‘२४ घन्टाभित्र जबाफ माग गरेका छौं।’उनले भने।
उनका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो।
पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन।
त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्यो।
जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको भनिएको थियो।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ भनेर प्रधान कार्यालयमा पत्र पठायो।




