
काठमाडौं।नेकपा(माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले केन्द्रीय कमिटी बैठक दसैंपछि गर्ने प्रस्ताव गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अहिले बर्खा रहेकोले केन्द्रीय कमिटी बैठक गर्न उपयुक्त नरहेको भन्दै दसैंपछि गरिने बताए।
भदौभरि संगठन सुदृढीकरण र जनपरिचालनका लागि विशेष अभियान सञ्चालन गर्ने प्रस्तावसमेत अध्यक्ष प्रचण्डको छ। उक्त अभियानको निष्कर्षसमेत समेटेर दसैंपछि केन्द्रीय कमिटी राख्न उपयुक्त हुने अध्यक्ष प्रचण्डको भनाइ छ।
‘





