
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् ।
प्रधानलाई उनकै पूर्वकर्मचारीले यौन शोषणको आरोप लगाएर समितिमा उजुरी दिएकी थिइन् । सुनुवाइ समितिले उजुरीकर्ता र प्रधान दुबैसँग समितिमा छलफल गरेको थियो ।
आफ्नो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको समिति स्रोतले भन्यो ।








