![]()
काठमाडौं।सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका युनुस अन्सारीले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको थियो।
जेलबाट छुट्नेबित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेको भन्दै अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुगेका थिए।
उच्च अदालतका न्यायाधीशहरू ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो।







