काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।
सहकारीको बचत ठगीका विषयमा आएका उजुरीका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।