काठमाडौ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो ।
कार्कीलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यम्नत्रीमा नियुक्त गरेपछि कार्की अदालत पुगेका थिए । कार्कीले आफ्नो रिटमा विभिनच तर्क पेश गरेका छन् जसलाई टेकेर आफ्नो पुनर्स्थापना हुनुपर्ने भनिएको छ ।
कोशी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले आज सुनाउने फैसलामा निर्भर हुने देखिन्छ । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कने छन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन् ।